Skip to content
logo
कार्तिक २३ गते २०८१ समयः

प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको शेयर बिक्रीमा

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ३ गते २०८१
प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको शेयर बिक्रीमा राखिएको छ ।
उक्त शेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।

बैंकले गत साउन ४ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको संस्थापक सेयरमा आवेदन नपरेकाले आम सर्वसाधारणका लागि खरिद आवेदन खुलाएको हो । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यस्तै बैंकले अर्को सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुका लागि पनि संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयर खरिदका लागि भने सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

Add a new comment