वैशाख १ गते २०८३ --:--:--
मेनु

पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक वैशाख ८ गते २०८२ ७:५० AM
पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

फुङलिङ नगरपालिका-१० स्थित सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो । घटनामा दुई जना घाइते रहेका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका-१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ ।

मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?