Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

ऐतिहासिक मुल्य कायम गर्दै सुनको मुल्य आज सबै भन्दा उच्च

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १० गते २०८०
ऐतिहासिक मुल्य कायम गर्दै सुनको मुल्य आज सबै भन्दा उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तै भएको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

नयाँ रेकर्ड अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ । दशैं अघिको अन्तिम कारोबारमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । त्यस्तै शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

Add a new comment