पुर्वी पहाडमा फल्ने अलैंचीको यस बर्षको उच्च मुल्य कायम

मेरो आर्थिक
मंसिर २८ गते २०८०
समयः ८:२१ am

नेपालको पुर्वी पहाडमा फल्ने जंगली खेती अलैंचीले यस बर्षको उच्च मुल्य कायम गरेको छ । कालो सुन भनेर चिनिने उक्त खेतीको शुरुवाती चरणमैं उच्च मुल्यमा किनबेच भएको हो ।
यता पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ । गत आर्थिक वर्षको अन्तिम समयमा प्रति मन रू ६० हजारका दरले कारोबार भएको थियो । यस वर्ष सिजनको सुरुवाती समयमा झण्डै त्यही हाराहारीमा कारोबार भएको थियो ।
पुर्वको पाँचथर, इलाम, ताप्लेजुङ लगायतका जिल्लाहरुमा अहिले प्रति मन (४० किलो) रू ६९ हजारमा कारोबार भइरहेको अलैँची ब्यापारीहरु बताउँछन्। उनीहरुका अनुसार अनुसार यस वर्षको सबैभन्दा बढी मुल्यमा गत सोमबार रू ७१ हजारका दरले कारोबार भएको थियो । पहाडी जिल्लाहरुमा उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ ।