अन्तराष्ट्रिय बजारको प्रभाव, बुधबार सुनको मुल्यमा वृद्धि


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । यसर्थ बुधवार (आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन झैँ आज पनि चाँदी भने प्रतितोला १ हजार ४२० रुपैयाँमा नै कारोबार हुँदैछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३५ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३६ डलरमा बन्द भएको थियो । उक्त बजारमा बढेको मुल्यको प्रभाव आज नेपाली बजारमा परेको विज्ञहरुको भनाइ छ ।