बुधबार सुनको मुल्यमा छ सय रुपियाँले वृद्धि, चाँदी भने स्थिर

मेरो आर्थिक
माघ २४ गते २०८०
समयः १:४७ pm

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
मंगलबारको तुलनामा बुधबारको बजारमा सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर देखिएकाे छ । आजको बजारमा सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
निरन्तर रुपमा घटेको चाँदीको मूल्य आज स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
