शुक्रबारको बजारमा सुनको मुल्य घट्यो, चाँदी भने स्थिर : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

शुक्रबारको बजारमा सुनको मुल्य घट्यो, चाँदी भने स्थिर

मेरो आर्थिक मेरो आर्थिक चैत्र २ गते २०८०

निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी मूल्य स्थिर अवस्थामा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँ खरिद बिक्री भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै शुक्रबार चाँदीको भाउ स्थिर भएको छ। आज चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। यो बिहीबारकै मूल्य हो ।  

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?