वैशाख ११ गते २०८३ --:--:--
मेनु

मानुषी र श्रृजनशील लघुवित्त एक आपसमा गाभिने

मेरो आर्थिक मेरो आर्थिक चैत्र ५ गते २०७९ ७:४० AM
मानुषी र श्रृजनशील लघुवित्त एक आपसमा गाभिने

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्था मर्जरमा जाने भएका छन् । दुई संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था बराबरी हैसियतमा मर्जरमा जान लागेका हुन् ।

दुवै संस्थाले सर्वसाधारणमा सेयर जारी गरि सकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको छ । मर्जर पछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने भएकोछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?