उपत्यकाका सडकहरुमा सार्वजनिक बिजुलीका रूपमा चार्जिंङ गर्न मिल्ने ‘टाटा एक्सप्रेस(टी’ का प्रिमियम विद्युतीय ट्याक्सीहरु गुड्न थालेका छन् ।टाटा मोटर्सको निर्मित यी विद्युतीय सेडान ट्याक्सीहरु नविन एवं समुन्नत विशेषताहरुले सम्पन्न रहेको कम्पनीले जनाएको छ ।
यसमा लामो रेन्जको लागि २६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्रीको प्रयोग भएको छ। टाटा एक्सप्रेस (टि मा ११० मिनेटको छोटो अवधिमै ० देखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिंङ सकेट रहेको छ ।
कम्पनीका अनुसार भित्री र बाहिरी बनावट आकर्षक मात्र नभएर यस टाटा एक्सप्रेस (टि मा सुरक्षाको लागि एअर ब्याग, इबीडीसहितको एबीएस लगायतका विशेषताहरु पनि छन् । घरमै १५ एम्पियरमा चार्ज गर्ने मिल्ने एक्सप्रेस (टि मा स्वचालित एसीको पनि व्यवस्था छ ।













