सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्सेचञ्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
लगानीकर्ताको हितलाई ध्यानमा राख्दै थप अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने भएकाले तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न मन्त्रिपरिषद्को कार्यालयबाट लिखित निर्देशन आएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । मन्त्रिपरिषद्को निर्देशनसम्बन्धी पत्र शुक्रबार धितोपत्र बोर्डलाई पठाइने मन्त्रालयले बताएको छ ।












