सासमङले आफ्नो ए–सिरिजमा नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए२४ एलटीई’ सार्वजनिक गरेको छ । यसमा नयाँ स्मार्टफोन ओक्टा–कोर प्रोसेसर जडित छ ।
ग्यालेक्सी ए२४ एलटीईमा स्टोर गर्नका लागि प्रशस्त क्षमता रहेको र स्टोरमा केही अद्वितीय एप्सहरु र फिचरहरु उपलब्ध रहेको कम्पनीले बताएको छ । नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए२४ एलटीई’ मा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ ।
मोबाइलले १२८ जीबी र २३६जीबीको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जीबी वा ८ जीबी र्यामका साथ काम गर्छ । साथै माइक्रो एसडि कार्डमार्फत् १ टीबीसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।
स्मार्टफोनमा ५० एमपीको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपी अल्ट्रावाइड र २ एमपी म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । १३ एमपी सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआईएसले अद्भूत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । फोनमा छिटो चार्ज हुने ‘टाइप सी’ को तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।













