क्लास्सिक टेकले ग्राहकहरूका लागि वार्षिक रिचार्जमा अफर ल्याएको छ । अब ग्राहकहरूले क्लासिक टेकको टेकयोन ३२५, ४०० / ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्नेछन् । यो अफर असार २१ गतेदेखि लागु भएको हो ।
क्लास्सिक टेकले रिचार्ज प्रक्रियालाई सुविधाजनक बनाउन नेपालपे क्यूआरसँग साझेदारी गरेको छ। नेपालपे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत सम्म क्यासब्याक दिनमा एक जनाले एक पटक पाउन सक्नेछन् । तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्रमार्फत ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्।













