वैशाख १३ गते २०८३ --:--:--
मेनु

१२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै सरकार

मेरो आर्थिक मेरो आर्थिक श्रावण ७ गते २०८० १२:५१ PM
१२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले आगामी साउन ९ गते १२ अर्ब ६० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने र ९१ दिने ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले उक्त परिणाम बराबरको आन्तरिक ऋण उठाउने भएको हो ।

यद्यपि, उक्त ट्रेजरी फ्रेस (नयाँ) भएर पुरानै ट्रेजरी बिलको नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिने ट्रेजरीमा ४ अर्ब रुपैयाँ र ९१ दिने ट्रेजरीमा ८ अर्ब ६० करोड रुपैयाँ नवीकरण हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन ८ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सोमबार नै बोलकबोल हुने ट्रेजरीको नवीकरण साउन ९ गते हुनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?