Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपाल इन्टरनेशनल ट्रेड फेयर मंसिर १४ देखि काठमाडौमा हुने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २४ गते २०८०
नेपाल इन्टरनेशनल ट्रेड फेयर मंसिर १४ देखि काठमाडौमा हुने

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना हुँदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला (नेपाल इन्टरनेशनल ट्रेड फेयर) यस वर्ष आगामी २०८० मंसिर १४ देखि १८ गते सम्म काठमाडौमा हुने भएको छ । महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मेलाको बारेमा जानकारी गराइएको हो ।

मेलामा नेपाली युवा उद्यमी मन्चद्वारा मेड इन नेपाल पेभेलियन तथा बस्तुगत संघहरुको कमोडिटी पाभिलियन रहने छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र««को प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो ।

काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि ५०% स्टल बुकिङ भै सकेको र यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने भएको छ । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ ।

नेपाल इन्टरनेशनल ट्रेड फेयर मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास लिएको छ । मेलामा भारतको इन्डिया चेम्बर अफ कमर्स र नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेद सम्बन्धि बस्तुहरुको प्रर्दशनी एवं प्रवचन कार्यक्रम समेत हुने छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराईने छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंले लिएको छ । साथै मन्दिमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउन समेत नेपाल इन्टरनेशनल ट्रेड फेयर सहयोगी हुने विश्वास महासंघको छ ।

पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तराष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास प्रकट गर्नुुभयो । मेलामा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुुग्ने धारणा अध्यक्ष ढकालको थियो ।

मेलामा जेष्ठ नागरीक तथा फरकरुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ । मंगलबारबाट स्टल बुकिङ खुल्ला गरिएको छ ।

Add a new comment