Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिम केन्द्रित उडान गर्न निर्देशन

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १८ गते २०८०
सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिम केन्द्रित उडान गर्न निर्देशन

सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ । सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको बताइएको छ । अरु क्षेत्रको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिइएको छ । रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु रहेका छन् । उता जाजरकोटमा एयरपोर्ट भए पनि सन्चालनमा छैन । रुकुमका एयरपोर्टहरुमा साना ट्वीनअटर हवाईजहाजमात्र उडान हुने गरेका छन् ।

यसैगरी सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एयरलाइन्सलाई स्ट्याण्डबाई रहन निर्देशन दिइएको जानकारी दिए ।

Add a new comment