Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

खल्तीबाट फोन पे क्यु आर स्क्यान गरि भुक्तानी गर्दा ५० हजार सम्मको पुरस्कार

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १८ गते २०८०
खल्तीबाट फोन पे क्यु आर स्क्यान गरि भुक्तानी गर्दा ५० हजार सम्मको पुरस्कार

डिजिटल वालेट खल्तीले नेपालीहरुको माहान चाड दशैं, तिहार तथा छठपर्व आदिलाई लक्षिात गर्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यान मार्फत हुने भुक्तानमा उपहार उपलब्ध गराएको छ। जारी अफर अनुसार फोन पे क्यु आर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले ५० हजार रूपैँया, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् भने खल्ती मर्चेन्टले स्मार्टवाच साथै १०० रूपैयाँ बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् ।

उपहार स्वरूप खल्ती ग्राहक मध्ये हरेक महिना २ भाग्यशाली विजेताले ५० हजार रूपैयाँ जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन्। त्यसैगरी खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् साथै पहिलो पल्ट भुक्तानी लिँदा १०० रूपैयाँ बोनस पनि प्राप्त गर्ने छन् ।

अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन पे क्यु आर स्क्यान गरि भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोन पे क्यु आर स्क्यान मार्फत भुक्तानी लिएर सहभागी हुनेछन्। उपहार स्वरूप खल्ती ग्राहक मध्ये हरेक महिना २ भाग्यशाली विजेताले ५० हजार रूपैयाँ जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन्। त्यसैगरी खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् साथै पहिलो पल्ट भुक्तानी लिँदा १०० रूपैयाँ बोनस पनि प्राप्त गर्नेछन् ।

खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

Add a new comment