Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आईएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड सहयोग गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २० गते २०८०
आईएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड सहयोग गर्ने

आईएमई ग्रुपले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि १ करोड ५० लाख रुपैयाँ बराबर सहयोग रकम प्रदान गर्ने भएको छ ।

ग्रुपले जारी गरेको विज्ञप्ति अनुसार ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, आईएमई लिमिटेड लगायत कम्पनीको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिन लागेको हो ।

जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

Add a new comment