विश्व बैंकले नेपाललाई १० करोड ३० लाख आर्थिक सहयोग गर्ने

मेरो आर्थिक
मंसिर १९ गते २०८०
समयः ७:३२ am

गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रमका लागि विश्व बैङ्कले नेपाललाई १० करोड ३० लाख रुपैयाँ माथिको आर्थिक सहयोग गर्ने भएको छ ।
गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रम अन्तर्गत बैङ्कले नेपाललाई सहुलियत ब्याज र अनुदानमा गरी १०३.८४ मिलियन अर्थात १० करोड ३० लाख ८४ हजार रुपैयाँ बराबरको वित्तीय सहयोग गर्ने भएको हो ।
कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको कभरेज बढाउने र प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।
शुक्रवार स्वास्थ्य, पोषण र जनसङ्ख्या ग्लोबल अभ्यासका लागि अतिरिक्त स्वास्थ्य सचिव, डा.टङ्क बाराकोटी र विश्व बैंक अभ्यास प्रबन्धक, फेङ झाओले संयुक्त रूपमा सहमतिपत्रमा हस्ताक्षर गरे ।
पाँच वर्षे कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास संघबाट एक सय मिलियन अर्थात् १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिक्रिया कोषबाट ३ मिलियन अर्थात् ३० लाख ८४ हजार रुपैयाँ बराबरको अनुदान प्रदान गरिनेछ ।