वैशाख १३ गते २०८३ --:--:--
मेनु

ईसेवा र नागरिक स्टक डिलर बीच सेयर सेटलमेन्टको भुक्तानी सम्झौता

मेरो आर्थिक मेरो आर्थिक पौष ३ गते २०८० ९:१५ AM
ईसेवा र नागरिक स्टक डिलर बीच सेयर सेटलमेन्टको भुक्तानी सम्झौता

भुक्तानी सेवा प्रदायक ईसेवा देखि नागरिक स्टक डिलरमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ।

यस सम्झौताले लगानीकर्ताहरूलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। यसका साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि ई सेवामार्फत गर्न सकिन्छ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?