Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बाेलाउदै

मेरो आर्थिक
मेरो आर्थिक
माघ ११ गते २०८०
निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बाेलाउदै

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डाका साथ एलोफ्ट होटल, ठमेल, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । यसका अलावा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित साथै चालू आर्थिक वर्षको लागि आवश्यक अन्य सम्पूर्ण प्रस्ताव साधारण सभामा पेश गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले जारी पूँजीको १२ प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्नेछ । १२ प्रतिशत शेयर बाहेकको १२ लाख कित्ता शेयर प्रतिशेयर १०० रूपैयाँमा कम्पीका कर्मचारी तथा योजना निर्माणमा सहयोग गर्नेलाई आवश्यक प्रक्रिया पुरा गरी शेयर विक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ ।
 

Add a new comment