चौधरीलाई पक्राउ गरेकोमा उद्योग परिसंघको आपत्ति, चौधरीलाई अस्पताल भर्ना : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

चौधरीलाई पक्राउ गरेकोमा उद्योग परिसंघको आपत्ति, चौधरीलाई अस्पताल भर्ना

मेरो आर्थिक मेरो आर्थिक माघ १९ गते २०८०

बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोपमा विहिबार  केन्द्रीय अनुसन्धान ब्युरोले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई नियन्त्रणमा लिएको थियो । शुक्रबार दुवै जनाको स्वास्थ्यमा समस्या देखिएको भन्दै महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको छ ।

चौधरीलाई केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको थियो ।

उता,नेपाल उद्योग परिसंघले बिहिबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी जस्ता ठूला व्यावसायी सानातिना मुद्दामा देश छाडेर भाग्न नसक्ने र  निजी क्षेत्रको मनोबल गिराउने कार्य भएको आरोप लगाउदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेकोमा आपत्ति जनाएको छ । 

परिसंघले आज बिहीबार पत्रकार सम्मेलन गर्दै स्थापित व्यवसायीलाई अरु विकल्प रहँदा पनि पक्राउ गर्दै उनको मानमर्दन गरेको आरोप लगाएको छ। 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?