निरन्तर घटेको श्रीलङ्काको मुद्रास्फिति पुन: बढेर ६.४ प्रतिशत पुग्यो

मेरो आर्थिक
माघ १९ गते २०८०
समयः ९:१८ am

सन् २०२२ सेप्टेम्बरदेखि निरन्तर घटिरहेको श्रीलंकाको मुद्रास्फीति सन् २०२३ को डिसेम्बरमा भने बढेर ६ दशमलव ४ प्रतिशत (6.4%) पुगेको छ । सन् २०२२ मा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत (69.8%) थियो ।
खाद्य मुद्रास्फीति डिसेम्बर २०२३ मा शून्य दशमलव ३ प्रतिशतबाट जनवरी महिनामा ३ दशमलव तीन प्रतिशतमा बढेको डिसिएसले आफ्नो पछिल्लो विज्ञप्ति सार्वजनिक गरेको हो । त्यसैगरि गैर–खाद्य समूहको मुद्रास्फीति पनि डिसेम्बरमा पाँच दशमलव आठ प्रतिशत (5.8%) बाट बढेर जनवरीमा सात दशमलव नौ प्रतिशत (7.9%) पुगेको छ ।
डिसिएसका अनुसार मुख्यतया आवास, पानी, बिजुली, ग्यास, शिक्षा, कपडा, मादक पेय पदार्थ, सुर्तीजन्य र लागुऔषध, मनोरञ्जन र संस्कृति, विविध वस्तु र सेवाहरु र स्वास्थ्यका कारण मुद्रास्फीति बढेको हो ।