Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

“कार्तिक, मंसिरमा घटेको मुद्रास्फिति पुसमा बढ्यो”:राष्ट्र बैङ्क

मेरो आर्थिक
मेरो आर्थिक
माघ २३ गते २०८०
“कार्तिक, मंसिरमा घटेको मुद्रास्फिति पुसमा बढ्यो”:राष्ट्र बैङ्क

वार्षिक बिन्दुगत आधारमा लगातार ७ प्रतिशतभन्दा माथिको मूल्यवृद्धि झेल्दै आएका सर्वसाधारणलाई मंसिरमा घटेको मूल्यवृद्धि दरले केही राहत महसुस भएको थियो तर पुसमा भने उक्त दर बढेको छ ।

यद्यपि, राष्ट्र बैंकले मौद्रिक नीतिमा लिएको लक्ष्यभन्दा मुद्रास्फीति कम नै रहेको जनाएको छ । असोजमा ७.५ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति कात्तिकमा घटेर ५.३८ प्रतिशत र मंसिरमा थप घटेर ४.९५ प्रतिशतमा आएको थियो ।

तर, पुसमा पुनः बढेर वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेको छ भने तराईको ४.७८, पहाडको ५.४० र हिमालको ६.५७ प्रतिशत छ ।

गत आ.व. सोही अवधिमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ६.९३, ७.४९, ७.३० र ६.६९ प्रतिशत थियो ।

२०८० पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत थियो ।

पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१६ प्रतिशत, मध्यवर्ती वस्तु १.९९ र पुँजीगत वस्तुको २.७१ प्रतिशत छ ।

पुसमा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष देखिएको उच्च मुद्रास्फीतिको ‘बेस इफेक्ट’ ले असोजको तुलनामा कार्त्तिकमा महँगी घटेको थियो ।

Add a new comment