प्रकाउ परेका चौधरीसहित अन्य तीन जनालाई बुधबार छाडिने : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

प्रकाउ परेका चौधरीसहित अन्य तीन जनालाई बुधबार छाडिने

मेरो आर्थिक मेरो आर्थिक माघ २३ गते २०८०

गत माघ १८ गते प्रकाउ परेका बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपित अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले बुधबार छाड्ने तयारी गरेको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाड्न लागेको हो । अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् ।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतका अनुसार अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाड्न लागेको हो ।

आरोपीहरु हाजिरी जमानीमा छुटे पनि थप अनुसन्धान गरिरहन प्रहरीलाई बाधा नपुग्ने ब्यूरोका एसएसपी दिनेश आचार्य बताउँछन् । हाजिर जमानीमा छाडेपनि थप अनुसन्धान अघि बढिरहनेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?