Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

त्रि.विको उपकुलपतिका ३ जना उम्मेदवारमाथि गम्भीर प्रश्न

मेरो आर्थिक
मेरो आर्थिक
फागुन १ गते २०८०
त्रि.विको उपकुलपतिका ३ जना उम्मेदवारमाथि गम्भीर प्रश्न

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि परेका तीन उम्मेदवारमाथि संसदीय समितिमा गम्भीर प्रश्न उठेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सिफारिस समितिलाई पुनर्विचार गर्न गम्भिर ध्यानाकर्षण गराएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा रहेको सिफारिस समितिले उपकुलपतिका लागि आवेदन दिने ४३ मध्ये १४ जनालाई सर्टलिस्ट गरेको हो । तीमध्ये कार्यवाहक उपकुलपति शिवलाल भुसाल, पूर्व उपकुलपति तीर्थराज खनिया र पोखराका पूर्व उपकुलपति केशरजंग बरालमाथि प्रश्न उठेको छ ।

शिक्षा समितिमा फागुन १२ गते सांसदहरुले गम्भीर आरोप लागेकालाई सूचीमा किन राखियो भन्ने प्रश्न पनि उठाएका थिए ।

अर्कोतर्फ शिक्षा तथा स्वास्थ्य समितिले बौद्धिक चोरीको आरोपमा परेका खनिया, आर्थिक अनियमितताको आरोपमा परेका बराल र सूचना आयोगबाट जरिवाना गरेका भुसाललाई पुनर्विचार गर्न ध्यानाकर्षण गराएको छ ।

त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति भुसालले विभिन्न पदमा गरेको नियुक्तिबारे आवश्यक छानबिन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

Add a new comment