६ महिनामा मानव बेचबिखनमा संलग्न ८९ जनालाई पक्राउ : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

६ महिनामा मानव बेचबिखनमा संलग्न ८९ जनालाई पक्राउ

मेरो आर्थिक मेरो आर्थिक फागुन ३ गते २०८०

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मानव बेचबिखनका घटनामा संलग्न ८९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६७ पुरुष र २२ महिला रहेका छन् ।

सोही अवधिमा प्रहरीले ७९ वटा मुद्दा दायर गरेको छ भने १ सय ४९ जनाविरुद्ध मुद्दा चलाइएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल, नेपाल प्रहरीको एक विशेष इकाईको रूपमा कार्यरत मानव बेचबिखन अपराध रोकथाम र नियन्त्रणमा समर्पित छ।

ब्यूरोका अनुसार यस अवधिमा एक सय ५० महिला, २६ पुरुष र ६० बालिका गरी २३६ जनाको तस्करीबाट उद्धार गरिएको छ ।

नेपाल आन्तरिक र सीमापार मानव बेचबिखनबाट सबैभन्दा बढी प्रभावित छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले भारत, मलेसिया, कतार, साउदी अरब, लिबिया, बहराइन, कुवेत संयुक्त अरब इमिरेट्स, अमेरिका र विभिन्न युरोपेली र अफ्रिकी राष्ट्रहरू लगायतका देशमा रोजगारीको प्रलोभनमा वा अवैध बसोबासका कारण ठूलो संख्यामा नेपाली मानव बेचबिखनको सिकार हुने गरेको बताए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?