ललिता निवास जग्गा प्रकरण: मीन बहादुर गुरुङलाई दुई वर्ष जेल चलान
मेरो आर्थिक
फागुन ४ गते २०८०
समयः ८:३८ am
भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदकाे सजाय सुनाइएकाे छ । विशेष अदालतले गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको हाे ।
ललिता निवास जग्गा प्रकरणमा अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको र गैरकानूनी लाभ लिएको ठहर गर्दै गुरुङलाई सजाय सुनाइएकाे हाे ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दाेषी ठहर गरेकाे हाे ।