गत महिनाको पुँजीगत लाभकर चालु आर्थिक वर्षकै उच्च : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

गत महिनाको पुँजीगत लाभकर चालु आर्थिक वर्षकै उच्च

मेरो आर्थिक मेरो आर्थिक फागुन ७ गते २०८०

सरकारले गत महिना धितोपत्र बजारबाट ९७ करोड २० लाख पुँजीगत लाभकर प्राप्त गरेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार पुस ३ गतेदेखि फागुन १२ गतेसम्म बढेको पुँजीगत लाभकर चालु आर्थिक वर्षकै उच्च हो ।

सरकारले धितोपत्र बजारका लगानीकर्ताबाट दुई दर कायम गरी पुँजीगत लाभकर उठाउँदै आएको छ । एक वर्ष वा सोभन्दा कम शेयर राखेर बिक्री गर्ने लगानीकर्ताले नाफामा ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ भने एक वर्ष वा सोभन्दा बढी शेयर राखेर बिक्री गर्ने लगानीकर्ताले नाफामा ५ प्रतिशत तिर्नुपर्छ ।

जनवरीमा उठेको कुल रकममध्ये रु १६ करोड ३१ लाख एक वर्षभन्दा बढी समयदेखि शेयर राखेर बिक्री गरेका व्यक्तिगत लगानीकर्ताले तिरेको रकम हो ।

त्यसैगरी, छोटो अवधि अर्थात् एक वर्षभन्दा कम अवधिसम्म होल्डिङ गरी बिक्री गरेको शेयरबाट भएको नाफामा रु ५२४.४ कर उठाइएको छ ।

बाँकी ४ करोड ६५ लाख संस्थागत लगानीकर्ताबाट उठाइएको थियो ।