Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

सुस्ताएको घरजग्गा कारोबार माघ महिनामा बढ्यो, ३ अर्व राजस्व संकलन

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ८ गते २०८०
सुस्ताएको घरजग्गा कारोबार माघ महिनामा बढ्यो, ३ अर्व राजस्व संकलन

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा देशभर ५० हजार नौ सय २१ वटा घरजग्गाको औपचारिक रुपमा खरिद बिक्री भएको छ । लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबार पुरानै लयमा फर्किन थालेको देखिएको छ ।

त्यसबाट तीन अर्ब ३७ करोड ५७ लाख राजश्व उठेको छ । जबकी पुसमा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएको थियो । पुसमा जग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख राजस्व संकलन भएको थियो ।

माघ महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच जनकपुरधाम मालपोत कार्यालयबाट भएको छ । त्यहाँ एक महिनामा जनकपुरबाट २०९२ घरजग्गाको लिखत पारित भएको छ ।

त्यस्तै सुनसरीको इनरुवा मालपोतबाट २०३२, झापाको भद्रपुरबाट १९०० लिखत पास भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका नौ मालपोत कार्यालयबाट माघमा ४१६५ घरजग्गाको लिखत पारित भएको छ । ललितपुरको लगनखेल मालपोतबाट ९२७, गोटीखेलबाट ३१, भक्तपुरबाट ९९५, डिल्लीबजारबाट २०५, चाबहिलबाट ४४७, कलंकीबाट ६६७, साँखुबाट ४०८, मनमैजुबाट ३०९ र टोखा मालपोतबाट १७६ घरजग्गाको लिखत पारित भएको जानकारी विभागले दिएको छ ।

सरकारले करिब २ वर्षदेखि रोकेकाे जग्गाको कित्ताकाट खुल्नु, बैंकमा तरलता बढ्नु, ब्याजदर घट्दै जानु लगायत कारण घरजग्गा कारोबार बढेको अनुमान सरोकारवालाहरुले गरेका छन् ।

पछिल्लो समय तरलता बढेपछि बैंकहरूले घरजग्गा खरिदमा लिने व्याज पनि घटाएर एकल विन्दुमा दिन थालेका छन् ।

Add a new comment