सुन तस्करीमा संलग्न भएको अभियोगमा प्लाटिनम कलेज का अध्यक्ष प्रकाउ


केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सोमबार काठमाडौंको डिल्लीबजारस्थित प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए । अनुसन्धानका क्रममा खुलेको तथ्यका अनुसार उनी १४ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार हुन् ।
दुबईबाट १४ किलो सुन तस्करी गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार रहेको एसपी बोगटीले बताए ।
उनलाई सोमबार प्रहरीले पक्राउ गरेको र भन्सार विभागमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।