Skip to content
logo
फागुन ५ गते २०८१ समयः

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र १ गते २०८०
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ। गत फागुन १६ गतेदेखि १५ दिनमा आवेदन दिन सकिने गरि नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान गरिएको थियो।

अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार अध्यक्षताका लागि कुल १९ जनाको निवेदन परेका हुन्।

उक्त आवेदकहरुमा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी, बोर्डका बहालवाला कार्यकारी निर्देशक डा.नवराज अधिकारी, बोर्डकै बहालवाला कर्मचारी कृष्णराज पोखरेल, पूँजी बजारको बारेमा निक्कै राम्रो दक्खल राख्ने मुक्ति अर्याल, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी चिरञ्जीवी चापागाईँ, नेपाल स्टक एक्सचेन्जमा कार्यरत प्रबिन पन्दाक, नेप्सेकै पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया प्रमुख दाबेदार मानिएका छन् ।

महाशाखाका नामावलिका अनुसार माथि उल्लेखित बाहेकका आवेदकहरुमा सन्ताेष नारायण श्रेष्ठ, डा.गोपाल प्रसाद भट्ट, डा.केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, डा. बीमल  कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल र कृष्ण बहादुर कार्की छन्।

१५ दिनको म्याद राखेर अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आव्हान गरेको हो। इच्छुक नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिनु पर्ने सूचना निकालिएको थियो। जुन बुधवार साँझ पाँच बजेपछि सकिएर सुची प्रकाशित गरिएको छ।

Add a new comment