Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नुवाकोट र रसुवा उद्योग वाणिज्य संघका टिमको भेटघाट

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख २५ गते २०८१
नुवाकोट र रसुवा उद्योग वाणिज्य संघका टिमको भेटघाट

२५ बैशाख, सेफ्रुवेसी रसुवा, उद्योग वाणिज्य संघ–चितवनको भ्रमण टोली २४ र २५ गते नुवाकोट र रसुवा उद्योग वाणिज्य संघका टिम संग भेटघाट गरेको छ । उद्योगी व्यवसायीहरुको हक हित, संरक्षण र सम्वद्र्धन गर्दै उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्नुका साथै ठोरी  केरुङ्ग नाका सहज रुपमा सञ्चालन गर्न पहल गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको थियो ।

दुवै उद्योग वाणिज्य संघहरु सँग भएको भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले बागमती प्रदेशको सिमाना सँग जोडिएका छिमेकी मुलक भारत र चिनको ठोरी र केरुङ्ग नाका सहज रुपमा सञ्चालनमा ल्याउन सके व्यवसायिक गतिविधि अगाडी बढाउन सहज हुने बताउदैँ उहाँले दुवै नाका सहज सञ्चालनमा आए बागमती प्रदेश एवम् समग्र देशको आर्थिक विकासले फड्को मार्ने बताउनुभएको थियो ।

केही समय अगाडी मात्रै भरतपुर महानगरपालिका र माडी नगरपालिको समन्वयमा ठोरी नाका सञ्चालनमा आएको जानकारी दिदै उहाँले यस किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी सम्बन्धित निकाय सँग पहल गर्नुपर्ने  बताउनुभयो । अध्यक्ष श्रेष्ठले भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा भरतपुर आउन दुवै संघहरुलाई आग्रह गर्नुभएको थियो ।

भेटघाट एवम् छलफल कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले नुवाकोट उद्योग वाणिज्य संघको संक्षित जानकारी दिदै ठोरी केरुङ्ग नाका सहज सञ्चालन एवम् बाटोको स्तरउन्नतीको लागि उद्योग वाणिज्य संघ–चितवन सँग मिलेर सम्बन्धित निकायको ध्यानार्कषण गराउने बताउनु भएको थियो ।

भेटघाट एवम् छलफल कार्यक्रममा रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुकसाङ तमाङले रसुवाको बारेमा जानकारी गराउदै उहाँले व्यवसायिक समस्याका विषय एवम् ठोरी केरुङ्ग नाका सहज सञ्चालन तथा बाटो विस्तार गर्नका लागि उवासंघ संग सहकार्य गरेर पहल गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष कल्याण जोशी, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य तारा बहादुर कार्की , नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरण सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

छलफलमा ठोरी केरुङ्ग नाका सञ्चालन तथा सडकको स्तर उन्नती गर्ने साथै उद्योगी व्यवसायीका समस्या आर्थिक नीति, राजश्व नीति, झन्झटिलो कर प्रणाली लगायत लगानीका सम्भावित क्षेत्रहरुका विषयमा तिन वटै उद्योग वाणिज्य संघहरु विच साझा धारण बनाएर समस्या समधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषमा प्रतिवद्धता जनाएका थिए । भ्रमणको संयोजन संघका राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययन अवलोकन भ्रमण समितिका संयोजक दाताराम घिमिरेले गर्नुभएको थियो ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा पूर्व अध्यक्ष कल्याण जोशी निवर्तमान अध्यक्ष चुननारयाण श्रेष्ठ लगाएत पदाधिकारी कार्यसमिति सदस्य, कर्मचारी सहित २९ जनाको भ्रमणमा सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो । भ्रमण टोली आज चिन सँगको सिमा नाका रसुवागढी सम्म पुगेको थियो ।

Add a new comment