‘मायालु’मा रोमाण्टिक मुडमा देखिए दिपिका र मुकुन्द ( भिडियो ) : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

‘मायालु’मा रोमाण्टिक मुडमा देखिए  दिपिका र मुकुन्द  ( भिडियो )

मेरो आर्थिक मेरो आर्थिक असार २६ गते २०८१
SHARES
0

काठमाडौं –  एआई प्रयोग  गरेर  गायन र कम्पोज गरिएको  ‘मायालु’  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रितम श्रेष्ठको  शब्दमा रहेको यस गीतको   सम्पूर्ण प्राविधिक अवधारणा स्वयम्  श्रेष्ठको नै रहेको छ।  

म्युजिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।  प्रविन थापाको निर्देशनमा तयार पारिएको भिडियोलाई गीतकार श्रेष्ठको युट्युव च्यानल ‘प्रितम श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो।

यसअघि गीतकार श्रेष्ठले  आफ्नो पहिलो म्यूजिक भिडियो ‘तिमी हिँड्ने गल्लि’ ल्याएका थिए, जसको शब्द लेखन प्रितम श्रेष्ठ आफैले गरेका थिए भने संगीत तथा गायन गजल गायक थानेश्वर गौतमले गरेका थिए।

हाल गीतकार  श्रेष्ठ सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बस्दै आएका छन्। उनी सानै उमेरदेखि नेपाली गजल र गीत लेखनमा लागेका थिए। नेपालबाट टाढा भए पनि उनले नेपाली गजल र गीत लेखनलाई निरन्तरता दिइरहेका छन्।