Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

प्युठानमा पहिलो माण्डवी पूर्ण खोप तथा संस्थागत प्रसुति सेवा युक्त घोषणा

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २७ गते २०८१
प्युठानमा पहिलो माण्डवी पूर्ण खोप तथा संस्थागत प्रसुति सेवा युक्त घोषणा

प्युठान।माण्डवी गाउँपालिकालाई एक कार्यक्रमका बिच पूर्ण खोप तथा पुर्ण संस्थागत प्रसुति सेवा युक्त स्थानीयतह घोषणा गरेको छ।शनिबार आयोजित एक कार्यक्रममा  लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्रि दिपेन्द्र कुमार पुन मगरले न्युनतम सुचकहरु गाउँपालिकाले पुरा गरेको हुँदा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रमका विशेष अतिथिका रुपमा रहेका लुम्विनि प्रदेशका सरकारका स्वाथ्य मन्त्रि पुनले गाउँपालिकालाई पूर्ण खोप तथा संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरे।स्वास्थ्य मन्त्रि पुनले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेका अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएका मध्ये कम्तिमा ९५ प्रतिशत महिलाहरूले दक्ष प्रसूतिकर्मीहरुको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसूति गराएको हुनुपर्ने, घरमा हुने प्रसृति शून्य हुनुपर्ने, तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको पालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानिय तह घोषणा गर्न सकिन्छ।यो सबै मापदण्ड माण्डवीले पुरा गरेको कारण उसलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानिय तह घोषणा गरिएको स्वाथ्य प्रमुख पाण्डेको भनाई छ।

कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष  पूर्ण प्रसाद कालाथोकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,पालिकाका ५ वटै वडा अध्यक्ष, जिल्ला समन्वयका प्रमुख धरम बहादुर जिसी,जिल्लाका नगरपालिका तथा गाउँपालिकाका अध्यक्ष तथा स्वाथ्य शाखा प्रमुखहरु,राजनैतिक दल र विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयवासीहरु उपस्थिति रहेको थियो।

कार्यक्रममा माण्डवी गाउँपालिकाका  ५ वटै वडाका स्वास्थ्यकर्मी र माण्डवी गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख ध्रुव कुमार पोखरेल र उपस्वास्थ्य प्रमुख नारायण जी सी लाई सम्मान गरेको छ।माण्डवी गाउँपालिकाले केहि समय अघि पूर्णखोप सुनिश्चित पालिका घोषणा समेत गरेको छ।

Add a new comment