इलाम नगरपालिकाले स्थानीय जलवायु अनुकूलन योजना बनायाे: नगरप्रमुख थापा : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

इलाम नगरपालिकाले स्थानीय जलवायु अनुकूलन योजना बनायाे: नगरप्रमुख थापा

मेरो आर्थिक मेरो आर्थिक असार २१ गते २०८१

इलाम नगरपालिकाले स्थानीय जलवायु अनुकूलन योजना बनाएको नगरप्रमुख केदार थापाले दावी गर्नु भएको छ । बुधबार एक कार्यक्रमका बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा सहयात्रा नेपालको अध्यक्ष हेम कुमारी शिवा र प्रकृति रिसोर्सेस सेन्टरको कार्यक्रम अधिकृत प्रज्ञा शेरचनले इलाम नगरपालिका प्रमुख केदार थापालाई स्थानीय जलवायु अनुकूलन योजनाको प्रतिवेदन हस्तान्तरण गर्नु भएको थियो।


जलवायु परिवर्तन विश्व कै दिघो बिकासमा चुनौती बनिरहेका बेला इलाम नगरपालिकाले दिघो र वातावरण मैत्री बिकासमा हातेमालो गर्दै सरोकारवाला सबैको सहयोगमा अघि बढनु पर्ने आवश्यकता महशुस गर्दै १३ औ नगरसभाबाट नीति तथा कार्यक्रम र बजेटको ब्यवस्था गर्दै ,वडा–वडामा छलफल,अन्तरक्रिया गरेर स्थानिय बिज्ञ छनौट गरी योजना तयार गरेको जानकारी गराउनु भएको थियो ।
यसरी तयार भएको जलवायु अनुकुलन योजना लागु गर्न इलाम नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख केदार थापाले बताउनु भयो। योजना तयार गर्न सहयोग गर्नु हुने सबैलाई इलाम नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद समेत दिनु भएको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?