Skip to content
logo
कार्तिक २४ गते २०८१ समयः

इलाम नगरपालिकाद्वारा प्राङ्गरिक मल उत्पादन कारखाना स्थापना

मेरो आर्थिक
मेरो आर्थिक
असार २४ गते २०८१
इलाम नगरपालिकाद्वारा प्राङ्गरिक मल उत्पादन कारखाना स्थापना

इलाम । इलाम नगरपालिकाले प्राङ्गरिक मल उत्पादन कारखाना स्थापना गरेको छ । इलाम नगरपालिकाको १३ औं नगर सभाले तय गरेको नीति तथा कार्यक्रम अनुसार उक्त उद्योग स्थापना भएको हो ।
नगर प्रमुखको सचिवालयका अनुसार अर्गानिक मल कारखाना बनाउने कार्यक्रमलाई कोशी प्रदेश सरकारले अनुदान उपलब्ध गराए पछि इलाम नगरपालिका प्रमुख केदार थापाले इलाम नगरपालिका १ स्थित लेकाली कृषि समुहलाई प्राङ्गरिक मल उत्पादनको उपकरण एक कार्यक्रमका बीच हस्तान्तरण गर्न भएको छ । हाल भौतिक पुर्बाधार निर्माण भइ उपकरण ब्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।

नगरपालिकाको पहलमा कोशि प्रदेश अन्तर्गतको कृषि मन्त्रालयबाट आ.ब. २०८०/८१ मा पच्चिस लाख रुपैँया बिनियोजन भएको थियो। कृषिलाई प्राथमिकतामा राखेको नगरपालिकाले कृषिमा अनुदान, सब्जि सङ्कलन केन्द्र स्थापना , बजारको खोजी र ब्यवस्थापन, मुना बजार सङ्ग कृषि उपजको बिक्रीको सम्झौता, कृषकको खेतबारीको माटो परीक्षण, बीउ बिजन वितरण लगायत, कृषि नीति, कृषि भुमि वर्गिकरण लगायत महत्वपुर्ण कार्य गरिरहेको जानकारी दिनुभएको छ ।
नगरपालिकाले गरेको पहललाई आत्मसाथ गर्दै कृषि क्षेत्रमा लगानी बृध्दि गर्दै अर्गानिक उत्पादनमा जोड दिन किसानहरुलाई नगर प्रमुख केदार थापाले आग्रह गर्नु भएको छ । हाल स्थापित कारखानाले आम कृषकलाई सकरात्मक रुपमा फाइदा पुग्नेमा नगर बिश्वस्त रहेको सचिवालयले जनाएको छ ।

Add a new comment