आज असोज २० गतेदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

आज असोज २० गतेदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला

मेरो आर्थिक मेरो आर्थिक असाेज २० गते २०८१

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज असोज २० गतेदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

आजबाट बिक्री खुला गरेको खसी बोकाको मूल्य प्रतिकेजी ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार शनिवारसम्म २०८ खसी बोका र तीन सय च्याङ्ग्रा उपत्यका भित्रिसकेको जानकारी दिएकी छिन् । हेटौँडाबाट पहिलो लटमा २०८ खसी बोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनको भनाई छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?