वैशाख ८ गते २०८३ --:--:--
मेनु

उदयपुरको बेल्टारमा भीषण आगलागी: दुई जनाको ज्यान गयो, एक घाइते

मेरो आर्थिक मेरो आर्थिक वैशाख ८ गते २०८३ ९:५५ AM
उदयपुरको बेल्टारमा भीषण आगलागी: दुई जनाको ज्यान गयो, एक घाइते

उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार शान्ति चोकमा मंगलबार बिहान भएको आगलागीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन्। आगलागीमा परी अस्मिता खड्का घाइते भएकी छन् र उनको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बिहान करिब पौने ३ बजे लक्ष्मीनारायण खड्काको घरबाट आगो सुरु भएको थियो। आगलागीले छिमेकी रबिन कुमार दास र सकलदेवको घर समेत जलेर क्षति पुगेको छ। घटना भएको समयमा सबैजना घरमै सुतिरहेको अवस्थामा रहेका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सुतिरहेको अवस्थामै आगोमा परेर दुई जनाको ज्यान गएको हो।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा प्रहरीको संयुक्त प्रयासमा बिहान आगो नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने बताइएको छ।

घटनाबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?