काठमाडौंमा व्यवसायी शेखर गोल्छासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले महत्वपूर्ण आदेश जारी गरेको छ। अदालतले गोल्छालाई २४ घण्टाभित्र आफ्नो समक्ष उपस्थित गराउन निर्देशन दिएको हो।
उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको हो। साथै अदालतले गोल्छालाई हिरासतमा राखिराख्नुपर्ने कारण भए त्यससम्बन्धी आधार पनि पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गोल्छालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।













