काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्यलाई तीव्रता दिइएको छ। शनिबार बालाजु क्षेत्रमा पर्ने विष्णुमती र धोबीखोला नदी किनारका घरटहरा हटाइएको प्रशासनले जनाएको छ।
यसअघि शुक्रबार बल्खु लगायतका स्थानमा पनि यस्ता अवैध संरचना हटाइएको थियो। हाल स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगर लगायत क्षेत्रमा अतिक्रमण हटाउने अभियान जारी रहेको काठमाडौँ प्रशासनले जानकारी दिएको छ।
बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा सारिएको छ। साथै वास्तविक भूमिहीन र सुकुम्वासीको पहिचान गर्न तथ्यांक संकलन र अभिलेख राख्ने काम भइरहेको काठमाडौँ उपत्यका विकास प्राधिकरण ले जनाएको छ।












