भाद्र ११ गते २०८३ --:--:--
मेनु

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो

मेरो आर्थिक मेरो आर्थिक भाद्र ११ गते २०८३ १०:१२ PM
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म देशका विभिन्न जिल्लाबाट गरी ३८९ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ जनाको शव फेला परेको छ ।

यसैगरी, बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म ४६६ जना घाइतेको उद्धार गरिएको पनि प्रहरीको तथ्यांक छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाइएको र बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?