चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।
‘पौने पाँच बजेको स्थिति हेर्दा तीनवटै स्थानको ५५ र ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ’, प्रमुख थपलियाको भनाइ छ ।













