वैशाख ११ गते २०८३ --:--:--
मेनु

चितवन–२ बाट रवि लामिछाने विजयी

मेरो आर्थिक मेरो आर्थिक वैशाख १२ गते २०८० ४:३७ PM

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी भएका हुन् ।

लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । मतगणना अन्तिमतिर पुग्दै गर्दा लामिछानेले ५४ हजार १७६ मत पाएका छन् । हालसम्म ७८ हजार भन्दा बढी मतमा लामिछानेले निकटतम प्रतिद्वन्द्वीले भन्दा पाँच गुणा भन्दा बढी मत पाएका हुन् ।

चितवन २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतदानमा ७८ हजार २७७ मत खसेकामा निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई विजयी घोषणा गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?