वैशाख ११ गते २०८३ --:--:--
मेनु

भ्रमणमा नेपाल र  छिमेकी राष्ट्र भारतबीच सात सम्झौता

मेरो आर्थिक मेरो आर्थिक जेठ १९ गते २०८० १२:३४ PM
भ्रमणमा नेपाल र  छिमेकी राष्ट्र भारतबीच सात सम्झौता

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिमेकी राष्ट्र भारत भ्रमणका क्रममा रहेका छन् । यस क्रममा नेपाल र भारतबीच सात वटा विषयमा सम्झौता भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र भारत प्रधानमन्त्री नरेन्द्र मोदीले एक पत्रकार सम्मेलन गरी दुई राष्ट्रबीच भएको सम्झौता बारे जानकारी गराएका हुन् ।

१. नेपाल-भारत पारवहन सम्झौता नवीकरण ।

२. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति ।

३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी ।

४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने ।

५. ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए ।

६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति ।

७. नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?