वैशाख ११ गते २०८३ --:--:--
मेनु

नेपालमा छिट्टै विकासको तुफान आउन सक्ने : प्रधानमन्त्री प्रचण्ड

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८० १:५६ PM
नेपालमा छिट्टै विकासको तुफान आउन सक्ने : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै विकासको तुफान आउन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको तुफान नै आएजसरी आफ्नो कामको विवरण प्रस्तुत गरेको बताएपछि सो को जवाफमा प्रचण्डले भने– ‘मैले विकासको तुफान आइसकेको भनेको छैन, मैले हामी सबैले दृढ इच्छाशक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असंभव छैन भन्न खोज्न हो ।

मैले निराशा र कुण्ठा हैन, अविश्वास र आशंका हैन, विश्वास र दृढताको निम्ति अपिल गरेको हो । तुफान आइसकेको छैन, तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी १० हजार मेगावाट १० बर्षमा । या अरु थुप्रै कामरु जसरी सुरु भएका छन्, ती अगाडि जाने हो भने तुफान आउनचाँही सक्छ छिट्टै ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?