नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो
मेरो आर्थिक
वैशाख २५ गते २०८१
समयः ३:४८ pm
नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१० प्रतिशतले सकारात्मक बनेको हो ।
नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलबार कारोबार रकम घटेको छ । ३८ हजार २ सय १४ पटकको कारोबारबाट ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भए । मंगलबार करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत सोमबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।