नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा

मेरो आर्थिक मेरो आर्थिक जेठ २९ गते २०८१

काठमाडौं, २९ जेठ । लामो समयपछि नेप्सेमा हरियाली छाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.५९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.१८ अंकले बढेर ३७३.२३ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३११ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ५५ करोड ५३ लाख ६१ ह्जार ७३९ रुपैयाँ ६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९१० रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले घटेकाे छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?