प्रभु बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्रीमा : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

प्रभु बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्रीमा

मेरो आर्थिक मेरो आर्थिक जेठ ३१ गते २०८१

प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?