हिमालय उर्जा (HURJA) को आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

हिमालय उर्जा (HURJA) को आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

मेरो आर्थिक मेरो आर्थिक श्रावण २४ गते २०८१

हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले आज (साउन २४ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?