नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै, नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। बिहीबार सोही समायोजित मूल्यका आधारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
यस दिन नेप्सेले नेशनल लाइफ (NLICL) को ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने सूर्योदय वोमी लघुवित्तको १४.००५१४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।समायोजनपश्चात नेशनल लाइफको शेयरमूल्य ७०५ रुपैयाँ ७७ पैसा र सूर्योदय वोमीको शेयरमूल्य १ हजार १३ रुपैयाँ ११ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा नेशनल लाइफ इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७३४ रुपैयाँमा सूर्योदय वोमी लघुवित्त (SWMF) को शेयर १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।